बिहीबार, मंसिर १५, २०७९

प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दोषलाई फसाउने काम हुँदैन- अख्तियार प्रमुख राई

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १५ गते १३:३८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले प्रतिशोध तथा पूर्वाग्रहका आधारमा निर्दाेषलाई फसाउने काम नहुने दाबी गरेका छन् ।

उनले भ्रष्टाचार गर्ने जो कसैलाई पनि प्रमाण र दोषका आधारमा कार्बाही गरेरै छोड्ने बताएका छन् । शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रण गर्ने जनाएका छन् ।

आम नागरिक मिडिया, सोसल मिडिया लगायत सबैले बढ्दो भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरिरहेकाले भ्रष्टाचारीहरुलाई हदै सम्मको कानूनी कार्बाही गरिने समेत जनाएका छन् ।

तपाइँको प्रतिक्रिया