पत्रकार खसोग्गीको हत्यामा साउदी युवराजको संलग्नता रहेको अमेरिकी प्रतिवेदन सार्वजनिक
एजेन्सी । अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको प्रतिवेदनमा निर्वासित पत्रकार खशोग्गीलाई साउदी राजकुमारले पक्राउ गर्न वा हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख गरिएको छ ।
प्रतिवेदन सार्वजनिक गरे लगत्तै अमेरिकाले दर्जनौं साउदी नागरिकमाथि प्रतिबन्धको घोषणा गरेको छ । राजकुमार सलमानलाई भने कुनै प्रतिबन्ध लगाइएको छैन ।
साउदी अरबले भने अमेरिकी रिपोर्ट झुटो र अस्वीकार्य भएको जनाएको छ । राजकुमार सलमानले पनि खसोग्गीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताउदै आएका छन् ।
साउदी राजपरिवारका आलोचक खशोग्गीको सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास भित्र हत्या गरिएको थियो । साउदी अरबले खशोग्गीको हत्यामा सग्लनलाई कारवाही गरिसकेको छ ।
घटनामा साउदी अरबको अदालतले पाँचजनालाई मृत्युदण्डको फैसला सुनाएको भएपनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई नयाँ शिराबाट सुरु गर्न खोजेका छन । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा अमेरिका र साउदी अरब नजिकिएका थिए ।