बुधबार, चैत ८, २०७९

ओलीलाई भेट्न बामदेव बालुवाटार पुगे

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते १५:२९

काठमाडौं । पार्टी एकताको लागि लागि मध्यस्थताको भूमिका रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पार्टी एकताको प्रस्ताव लिएर गौतम प्रधानमन्त्री निवास बालुवाटार गएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि नेत गौतम मध्यमार्गी भूमिका रहेर देशभर पार्टी एकताको पक्षमा वकालत गर्दै आएका छन् । यस अघि नेता गौतमले यस अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेर पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया