शनिबार, मंसिर २४, २०७९

सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते १५:१३

काठमाडौं । विकासको नाममा जनतालाई दुःख दिने काम भइरहेको भन्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ । उनीहरुले अन्यायपूर्ण तरिकाले स्ववासी विस्थापित गराइएको आरोप समेत लगाएका छन् ।

बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षणकर्मीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । उनीहरु उपत्यकामा भइरहेको सडक विस्तार गैरकानुनी समेत बताएका छन् ।

सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको उनीहरुको गुनासो छ ।

 

यसैगरी प्रदर्शनकारीहरुले कमलपोखरीमा कंक्रिटयुत्त संरचना निर्माण गरिएको र बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ ।

 

तपाइँको प्रतिक्रिया