मन्त्रिपरिषद् बैठक बस्दै, संसद बैठक आव्हानको सिफारिस गर्ने सम्भावना
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते १४:३२
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ ।
गत फागुन ११ गते सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ । सर्वोच्चको आदेश अनुसार यही फागुन २४ गतेभित्र संसद बैठक बस्नु पर्दछ ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको पुस ५ गतेको निर्णय सर्वोच्च अदालतबाट बदर भएको हो ।