पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया सम्पन्न
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते १३:४१
काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, शल्यक्रिया सम्पन्न भएको छ ।
अचनाक स्वास्थ्यमा समस्या देखिएपछि गएराति नै वीर अस्पताल लगिएको उनलाई मस्तिष्कघात भएको बताइएपछि थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।
नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरी मष्तिष्कमा जमेको रगत निकालिएको छ । ‘उहाँलाई ब्रेन ह्यामरेज भएको छ। अवस्था चिन्ताजनक नै छ,’ नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।