सोमबार, चैत १३, २०७९

पत्रकार खशोग्गीको हत्याबारे गरिएको अनुसन्धान प्रतिवेदन अमेरिकाले सार्वजनिक गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते ११:११

एजेन्सी । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्गीको हत्याको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

प्रतिवेदनमा खशोग्गीको हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार ठहर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अमेरिकाले खशोग्गीको हत्यासँग जोडिएको प्रतिवेदन शुक्रबार नै सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । पत्रकार खशोग्गीको २०१८ को अक्टोबरमा टर्कीस्थित साउदी वाणिज्य दूतावासभित्र हत्या गरिएको थियो ।

साउदी युवराजले घटनामा कुनै पनि रुपमा संलग्न रहेको आरोपलाई अस्वीकार गरेका छन् । खशोग्गीलाई साउदी राजकुमारमा कट्टर आलोचक थिए ।

घटनामा साउदी अरबको अदालतले पाँचजनालाई मृत्युदण्डको फैसला सुनाएको भएपनि पछि २० वर्षको जेल सजायमा बदलिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइेडनले प्रतिवेदन अध्ययन गरिसकेको र उनले यसबारे साउदी अरबका बादशाह सलमानसँग कुराकानी गरिसकेको बताइएको छ । बाइडेनले साउदी अरबसँग नयाँ किसिमको सम्बन्ध अघि बढाउन चाहेका

तपाइँको प्रतिक्रिया