मंगलबार, जेठ १६, २०८०

भारतीय राजदूत पछि देउवाले भेटे चिनियाँ राजदूत

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते १०:५५

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक घटनाक्रमप्रति चीन र भारतका राजदूतहरु पनि सक्रिय हुन थालेका हुन् ।

संसद पुनर्स्थापना भएसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेटवार्ता गरेका छन् ।

दुबै राजदूतले बिहीबार देउवासँग भेटेर अबको बाटो र राजनीतिक निकास बारेमा चासो राखेका हुन् । देउवा निवास बुढानिलकण्ठमा छुट्टाछुट्टै भेट गरेर अवको राजनीतिमा कांग्रेसको भुमिकावारे चासो राखेका हुन् ।

जवाफमा कांग्रेस सभापति देउवाले सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि संविधान र लोकतन्त्र बलियो भएको भन्दै दलहरुसँगको परामर्शमा उचित निकास निकाल्न कांग्रेसले भुमिका निर्वाह गर्ने जानकारी गराएका छन् ।

नयाँ सत्ता समिकरणमा कांग्रेस निर्णायक भएपछि देउवासँग अन्य दलका नेताले पनि भेट तिब्र पारेका छन् । नेकपाका दुबै पक्षले सहकार्यका विषयमा परामर्श गरिरहेका छन् । तर कांग्रेसले नेकपा विवाद नटुंगिएसम्म छलफलको वातावरण नबन्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया