बुधबार, चैत ८, २०७९

तारकेश्वरमा फेरि पनि बर्ड फ्लू भेटियो, एकैदिन साढे १२ हजार भन्दा धेरै कुखुरा नष्ट

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते ८:३०

काठमाडौं । काठमाडौंको तारेकेश्वर नगरपालिकामा फेरी पनि बर्ड फ्लु भेटिएको छ । यस अघि पनि उक्त नगरपालिका बल्र्ड फ्लू देखा परेपछि १ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा बर्ड फ्लू देखा परेसँगै बिहिबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।

फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले जानकारी दिए । त्यस्तै नजिकै रहेको सरिता शाहको फार्मको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।

फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य कुँवरले बताएका छन् । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।

 

बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने र २ देखि ३ महिनाभित्र किसानले क्षतिपूर्ति पाउने तारकेश्वर नगरपालिकाकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया