सोमबार, चैत १३, २०७९

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १४ गते ८:१६

काठमाडौं । सरकारद्वारा प्रतिवन्धीत विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन म्याग्दीबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

पुनलाई म्याग्दीको मालिका गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ ।

उनलाई राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । सरकारले विप्लप समूहसँग वार्ता गर्ने बताएको भए पनि उसका कार्यकर्ता पक्राउ गर्न कुनै कसुर बाँकी राखेको छैन् ।

तपाइँको प्रतिक्रिया