बिहीबार, चैत ९, २०७९

देउवा र भारतीय राजूदत क्वात्राबीच भेटवार्ता, पछिल्लो राजनीतिबारे चासो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते २१:१७

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिट माथि फैसला गर्दै बदर गरेसँगै छिमेकी देश भारतले चासो दिएको छ ।

कांग्रेस सरकारको सरकारमा जाने वा नजाने भन्ने विषयमा भारतीय राजदूत विनयमोहन क्वात्राले कांग्रेस सभापति देउवाको निवासमै पुगेर चासो राखेका छन् ।बिहीबार अपरान्ह देउवा निवास पुगेका क्वात्राले संसद पुनःस्थापनापछिको राजनीतिक परिस्थितिबारे चासो राखेका थिए ।

सभापति देउवाले संसद पुनःस्थापना हुनुले संविधान ट्रयाकमा आएको र राजनीतिक प्रक्रिया स्वाभाविक बाटोमा आएको बताएका छन् । नेपालको आन्तरिक राजनीतिमा भारतले निकै चासो पूर्वक हेरिहेको कुटनितिज्ञहरु बताउँछन् ।

तपाइँको प्रतिक्रिया