बिहीबार, मंसिर १४, २०८०

प्रतिनिधिसभा भंग भएपछि रोकिएको तलब सांसदहरूले पाउने

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते १५:४९

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि रोकिएको सांसदहरूको तलब प्रदान गरिने भएको छ । प्रतिनिधिसभाका प्रवक्ता रोजनाथ पाण्डेले फागुनको तलबमा सांसदहरुको पुस र माघको तलब पनि खप्टिएर जाने बताए ।

पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७५ जना माननीयहरुको तलब सुविधा रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको छ ।

तपाइँको प्रतिक्रिया