बिहीबार, जेठ १८, २०८०

एनआरएनए स्पेन विवादमा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते १५:३१

काठमाडौं । गैर आवासीय नेपालीहरुको संस्था (एनआरएनए) स्पेन विवादमा परेको छ । विवाद बढेपछि स्पेनमा रहेका अधिकांश नेपालीहरु एनआरएनएसँग असन्तुष्ट छन् ।

आइसिसि स्पेनका संस्थापक सदस्य तथा एनआरएनए क्षेत्रीय समिति गठनका संयोजक विरेन्द्र श्रेष्ठले दिशाविहीन र योजनाविहीन तथा स्वेच्छाचारी ढंगबाट आफ्नो अनुकुलका केही व्यक्तिहरुलाई मात्र समेटेर क्षेत्रीय कमिटी विस्तार गरेपछि विवाद भएको हो ।

कोस्टाब्लान्का क्षेत्रीय कमिटी विस्तारका क्रममा करिब १२ सय जना नेपालीहरु आबद्ध रहेका कोस्टाब्लान्काकै एक मात्र आधिकारिक संस्था नेपाल समाज (एसोशिएसन)लाई बायस्ट गरि अन्यायपुर्ण बाताबरण सिर्जना गरेका एनआरएनए स्पेनका अध्यक्ष देवकाजी गुरुङ र उपाध्याक्ष तुलसी गुरुङ लगाएतका सदस्यहरु गैरजिम्मेवार भएको तितो याथर्थले उदासिन र बेखबर भएका नेपालिहरुले अनुभुती गरिरहेका छन् ।

गैरआवसीय नेपालीहरुको भावनामाथि नै चोट पुग्ने गरि आफुअनुकुल निर्णय भएको नेपाल समाज एसोशिएसनका प्रवक्ता सन्तोष अर्यालले जानकारी दिएका छन् ।

संयोजक विरेन्द्र श्रेष्ठले राजनीतिक भविष्य निर्धारण गर्न नेपालीहरुको सामाजिक संस्थालाई नै फुटाउने उद्देश्यका साथ उक्त कार्य गरेता पनि सफल नभएको नेपाल समाज (एसोशिएसन)को भनाइ छ ।

स्पेनमा रहेको नेपालीहरुलाई थाहा नदिइ रातारात विस्तार गरेको उक्त कमिटी तत्काल बदरको माग गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्तसमक्ष आग्रह गरेका छन् । यदि तत्काल उक्त निर्णय नसच्चिए आफुहरु कडा कदम चाल्न बाध्य हुने नेपाल समाज (औएसोशिएसन) ‘कोस्टाब्लान्का’ का अध्यक्ष अक्कल बोहोराले बताएका छन् ।

तपाइँको प्रतिक्रिया