दाहाल-नेपाललाई जसपाको प्रश्न- तपाई कुन पार्टीको ?
काठमाडौं । सहकार्यको लागि प्रस्ताव गर्ने दाहाल नेपाल समूहलाई जनता समाजवादी पार्टी (जसपा)ले तपाईको कुन पार्टीको भन्दै प्रश्न गरेको छ । बिहीबार नेकपा कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफलका क्रममा जसपाले उक्त प्रश्न गरेको हो।
छलफलमा जसपा नेताहरुले दाहाल–नेपाल पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि महतोले बताए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए ।
उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुराहरु राख्नुभयो । हामीले जिज्ञासा राख्यौं, भने तपाईंहरुको कुन पार्टी हो रु पार्टी सिस्टममा पार्टी चाहियो । त्यो के हो ? अलमलमा परियो त्यो प्रस्ट हुनुस् र तपाईंहरुले राखेका सबै कुराहरु हाम्रो पार्टीको बैठकमा हामी राख्छौं ।’