बिहीबार, मंसिर १४, २०८०

सेवाग्राहीबाट ५० हजार घुस लिएको आरोपमा इन्स्पेक्टर सहित दुई जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते १३:४५

काठमाडौं । सेवाग्राही मार्फत घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टर सहित दुई जना पक्राउ परेका छन्। ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सहित दुई जना पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया