शनिबार, मंसिर २४, २०७९

कांग्रेस सँग मिलेर सरकार बनाए मेरो विरोध हुन्छ- पण्डित

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते १३:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताएका छन् ।

बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान नहुने भन्दै यसले जनमतको अपमान हुने पण्डितले बताएका हुन्।

सामाजिक सञ्जालमा बिहीबार लेख्दै पण्डितले नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै नेतृत्वलाई बेलैमा जानकारी गराएको बताए ।

‘यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस ।मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’, उनले लेखेका छन् ।

नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उनको जिकिर छ ।

तपाइँको प्रतिक्रिया