बिहीबार, चैत ९, २०७९

प्रचण्डलाई बामदेवले भने,ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण सिर्जना गरौं

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते १०:४३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएसँगै तटस्थ बसेका नेता वामदेव गौतमले पार्टी एकता कायम गर्नका लागि मध्यमार्गी भूमिकामा बस्दै आएका छन् ।

नेकपाको तेस्रो धारमा रहेका नेता गौतमले पार्टी एकताका विषयमा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटर्वाा गरेका छन् । विहिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर नेता गौतमले प्रधानमन्त्री ओलीलाई सम्मान पूर्वक ढंगबाट बहिर्गमन गर्ने वातावरण सिर्जना गर्न प्रस्ताव गरेका छन् ।

करिब एक घण्टाको भेटमा नेता गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताए गौतम निकट नेता ताज मोहम्मदले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया