मंगलबार, मंसिर २०, २०७९

सरकारमा जाने नजाने भन्ने बारे कांग्रेस पदाधिकारीको बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १३ गते ९:१६

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेसँगै पछिल्लो राजनीति तरंक विचित्र रुपमा अघि बढिरहेको । दुई तिहाईको नेकपाको आन्तरिक झगडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

संसद विघटन विरुद्ध परेका रिटहरुबारे सर्वाेच्च अदालतले संसद पूर्नस्थापनाको पक्षामा फैसला सुनाएको थियो । संसद पस्र्नस्थापना भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार नमान्ने भन्दै दाहाल नेपाल समूहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवासका पुगेर प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका थिए । देउवाले भने आफ्नो पार्टी सरकारमा जाने वा नजान्ने भन्नेबारे पार्टी पंक्तिमा सल्लाह गरेर मात्रै प्रतिक्रिया दिने बताएका थिए ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।

बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकले सरकारमा जाने वा नजान्ने भन्नेबारे निर्णय गर्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया