देउवालाई प्रधानमन्त्री बन्न दाहाल नेपालको प्रस्ताव, देउवाले भने छलफल गरेर पछि भन्छु
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १५:२०
काठमाडौं । दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले प्रमुख प्रतिपक्ष दलका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । संसद विघटनको मुद्धा सर्वाेच्च अदालतले बदर गरेसँगै दाहाल नेपाल समूह ओली नेतृत्वको सरकार नमान्ने भन्दै देउवा कहाँ प्रधानमन्त्री बन्नका लागि प्रस्ताव लिएर गएका हुन् ।
बुधबार चितवनबाट फर्किए लगत्तै दाहाल नेपालले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका हुन् । तर सभापति देउवाले भने त्यसबारेमा पार्टी पंक्तिसँग सल्लाह गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।