आइतबार, चैत १२, २०७९

ओलीसँग एकता हुँदैन तर एमसीसी पास हुन्छ- खनाल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १४:१६

काठमाडौं । दाहाल नेपाल समूहका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी पास हुने बताएका छन् । नेता खनालले एक रेडियो अन्तवार्ताका क्रममा मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट नै पास हुने बताएका हुन् ।
”एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौ, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौ।”

उनले अमेरिकामा ट्रम्पको सरकार ढलेपछि बाइडेनको सरकार आएसँगै एमसीसीमा पहिलेको भन्दा तुलनात्मक रुपमा परिमार्जन गरेर अगाडी बढ्ने बताएका हुन् ।

केपी शर्मा ओलीसँग नेकपाको एकता संभावना नभएको बताउँदै खनालले पार्टीका अन्य सदस्यका लागि एकताका लागि ढोका खुल्ला गरिएको दाबी गरे । उनले पार्टी सदस्यलाई एकताका लागि आउन आव्हान समेत गरेका छन् ।

फरक प्रसंगमा बोल्दै नेता खनालले भावि राष्ट्रपतिका लागि साथीहरुले जिम्मेवारी दिए पछि नहट्ने समेत जनाएका छन् । खनालले भने ”म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए सम्हाल्न तयार छु ।”

त्यस्तै उानले लोकतान्त्रिक दलहरु सबै एकताबद्ध भएर जानुपर्ने भन्दै सबै दलसँग एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया