बिहीबार, असोज २०, २०७९

सत्तासमिकरण बारे प्रचण्ड,माधव र देउवाबीच त्रिपक्षीय छलफल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १३:४४

काठमाडौं । संसद पूर्नस्थापनाको पक्षमा सर्वाेच्च अदालतले फैसला गरेसँगै नेपाली राजनीतिमा विचित्रिको तरंग फैलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली काम चलाउ सरकारका प्रधानमन्त्रीको रुपमा रहेका छन् ।

सर्वाेच्च अदालतले संसद पूर्नस्थापना भएको १३ दिन भित्र प्रतिनिधि सभा वैठक बोलाउन आव्हान गरिसकेको छ। ओली सँग रुष्ट भएको दाहाल नेपाल समूहले सरकार बनाउन गृहकार्य सुरु गरिसकेको छ ।
प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। बुधबार चितवनबाट फर्केलगत्तै प्रचण्ड(नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। उनीहरूबीच अहिले छलफल जारी छ।

तपाइँको प्रतिक्रिया