बुधबार, चैत ८, २०७९

‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्नुस् भनेको थिएँ, मान्नुभएन’-नेम्बाङ

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १२:३४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एवम् संविधानसभा अध्यक्ष सुभासचन्द नेम्बाङले आफूले प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओली समूहमा रहेका नेम्बाङले यस अघि मुख नखोले पनि सर्वाेच्चको फैसला पछि उक्त कुरा बताएका हुन् ।

बुधबार एक टेलिभिज अन्तवार्ताको क्रममा नेम्बाङले सर्वोच्च अदालतमा मुद्दा पर्नुअघि नै प्रतिनिधिसभा विघटनको संवैधानिक प्रावधानका बारेमा बोलेको बताए । उनले भने, ‘पत्रकारहरू सँगको कुराकानी र विभिन्न कार्यक्रममा अहिलेको विषयमा मैले बोलेको थिएँ । सर्वोच्च अदालतमा विचाराधीन विषयमा प्रवेश गरेपछि कानुनको विद्यार्थीको नाताले संसद्‌मा बहससमेत गर्न नपाउने संवैधानिक प्रावधान भएकाले मैले त्यसबारे नबोलेको हुँ ।’

‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, उनले भने । अहिले सर्वोच्चले यसबारे निर्णय दिँदै संविधानको व्याख्या गरेको पनि नेम्बाङले बताए । ‘कानुनी रूपमा सर्वोच्चले संविधानको व्याख्या गऱ्यो । सर्वोच्चको व्याख्या अब संविधानको अभिन्न अंग भएको प्रतिक्रिया दिएका छन् ।

तपाइँको प्रतिक्रिया