नेप्सेको सिस्टममा प्राविधिक समस्या, निफ्रा शतप्रतिशत घट्दा घट्यो
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १२:१६
काठमाडौं । फागुन १२ गते बुधबार नेप्सेको सिस्टममा समस्या देखिएको छ। प्राविधिक समस्याका कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १०० प्रतिशत घटेको देखिएको छ।
२० करोड कित्ता शेयर सूचीकृत भएको सो बैंकको शेयरमूल्य ५९४ रुपैयाँ घट्दा समग्र नेप्से नै घटेको छ। टिएमएस अनुसार यस समाचार तयार पार्दासम्ममा नेप्से ८८.४४ अंक घटेको देखिएको छ।