मंगलबार, असोज ११, २०७९

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ: गौतम

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १०:३५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन् ।

विज्ञप्ति मार्फत नेता गौतमले भनेका छन् ,संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन
ऐतिहासिक महत्वको रहेको छ। यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो।

प्रधानमन्त्री केपी ओलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै उहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु विज्ञप्तिमा भनिएको छ ।

साथै नेता गौतमले आफू नेता नभई एक नागरिकको हैसियतले विभिन्न माग राखेका छन् । सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्तिबाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्ने माग गरेका छन् । साथै नेता गौतमले प्रधानमन्त्री केपी वलीले प्रधानमन्त्री पदबाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्ने बताउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुबै अध्यक्ष ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराही स्थित केन्द्रीय कार्यालयमा बोलाउन समेत अनुरोध गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया