सर्वोच्चको फैसलालाई माने पनि सम्मान गर्न सकिन्न: उपप्रधानमन्त्री पोखरेल
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते १०:१०
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निणर्यलाई सम्मान नगर्ने बताएका छन् ।
मंगलबार मध्यरातमा ट्वीट गर्दै उनले अदालतको निणर्यलाई सम्मान गर्न नसकिने भन्दै अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन् ।
उनले सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको उल्लेख गरेका छन् ।