ओली समुहको स्थायी कमिटी बैठक बस्दै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १२ गते ९:१०
काठमाडौं । ओली समूहको नेकपा स्थायी कमिटीको बैठक बस्दैछ । प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिटहरुका सन्दर्भमा सर्वाेच्च अदालतले संसद पूर्नस्थापना गरिदिएपछि प्रधानमन्त्री ओलीले आफू निकट स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो । उक्त फैसला पछि ओली नेतृत्वको नेकपाले नयाँ रणनीति बनाउनका लागि बैठक आव्हान गरेको हो ।