बिहीबार, मंसिर १४, २०८०

सर्वाैच्चको फैसला ऐतिहासिक- देउवा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ११ गते २०:१५

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला ऐतिहासिक भएको भन्दै स्वागत गरेका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्चले गरेको फैसलाको सम्मान गर्दै देउवाले ऐतिहासिक भनेका हुन् ।

 

ओली नेतृत्वको नेकपाको सरकारले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको पनि उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया