प्रचण्ड,माधव जीहरु प्रधानमन्त्री खोज्दै मै कहाँ आउनुहुनेछ- ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पूर्नस्थापना भयो भने प्रचण्ड माधव आफ्नो शरणमा आउने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद पूर्नस्थापना हुने नहुने कुरा अदालतलाई मात्रै थाहा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छरु कुनै सम्भावना छ प्रधानमन्त्री हुनेरु एकभन्दा पनि तल तल प्रतिशत छैन उहाँहरूको सम्भावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिँडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’
उनले सुर्य चिन्ह आफू सँगै रहेको दाबी समेत गरेका छन् । आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण गराएका छन् ।