आइतबार, चैत १२, २०७९

नेपाल भारत सीमा नाकाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ११ गते १७:११

काठमाडौं । स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा नाका तिलाठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिक जाँच्ने क्रममा ती दुई महिलासँग १० लाख नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

उक्त रकमको स्रोत देखाउन नसकेकोले निण्न्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ की कविता दास र रिंकु दास रहेको उनले बताए ।

‘शंका लागेर जाँच्दा १० लाख रुपैयाँ फेला पर्‍यो,’ सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ ।’

तपाइँको प्रतिक्रिया