बिहीबार, जेठ १८, २०८०

प्रेमिकाले विवाह गर्न अस्वीकार गरेपछि प्रेमीले गरे आत्महत्या प्रयास

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ११ गते ८:२३

पर्सा । भनिन्छ प्रेम अन्धो हुन्छ। प्रेम र युद्धमा हरेक कुरा जायज पनि हुन्छन् । प्रेमका परिभाषा अनेकौं दिने गरिएका छन् । कसैले पाउनुलाई प्रेम त कसैले गुमाउनुलाई प्रेम भन्ने गर्छन् । प्रेममा प्रेमिकाले विवाह गर्न अस्वीकार गरेपछि पर्सामा एक युवकले हामफालेर आत्महत्या प्रयास गरेका छन् । वीरगञ्ज महानगरपालिका १५ लक्ष्मणवा बस्ने २५ बर्षिय विराट झाले वडा प्रहरी कार्यालय बिर्ता भवनबाट हामफालेर आत्महत्या प्रयास गरेका हुन् ।

प्रेम सम्बन्ध रहेकी युवतीका परिवारलाई धम्की दिएको विषयमा प्रहरी कार्यालयमा छलफल भैरहदा उनी प्रहरी चौकीवाट हामफालेका हुन् ।

झ्यालबाट हामफालेका झाको न्यूरो अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्थामा सामान्य रहेको बताइएको छ । वीरगञ्ज–१६ बस्ने प्रेमिकाले विहे गर्न अस्वीकार गरेपछि उनी सिसाको झ्याल फुटाएर एक तल्लाबाट हाम फालेको प्रहरीको भनाइ छ ।

युवतीलाई जबर्जस्ती विवाहका लागी प्रस्ताव राखेको र अस्वीकार गरेपछी फोनबाट धाक धम्की दिने गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

तपाइँको प्रतिक्रिया