सोमबार, चैत ६, २०७९

१४ घण्टापछि सेनाको हेलिकोप्टरद्वारा सुत्केरी महिलाको उद्धार

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १० गते १२:५१

काठमाडौं । वेथा लागेर लथा परेकी एक सुत्केरी महिलाकोल १४ घण्टापछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेको चौध घण्टापछि स्वास्थ्य सेवा कार्यालयमा खबर आउदा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको समन्वयमा हेलिकोप्टरबाट उनको उद्धार गरिएको हो ।

आठ महिनाको गर्भ भएकै बेला ब्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ को दुल्ली गाउँकी २१ वर्षीया बिन्दु थापाको हेलिकोटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको अस्तपालकी वरिष्ठ अनमी सरिता बोहराले बताए ।

ब्यथा लागेपछि सर्केगार्ड स्वास्थ्य चौकीमा लिदा स्वास्थ्यकर्मीले जिल्ला अस्पताल रिफर गर्नु भएको पति प्रकाश बुढाले बताउनुभयो । गर्भवती थापालाई जिल्लामा बोहराले रिफर गरेका थिए । स्टेचरमा जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकोप्टरको ब्यवस्था भएको उनले बताए ।

उनलाई खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ को देउखुरी हेलिप्याडबाट सुर्खेत उद्धार गरिएको शरिष्ठ अनमी बोहराले बताइन्। सोमबार बेथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार सुरु भएको उनले बताए । थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ब्यहोरिने प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

तपाइँको प्रतिक्रिया