गोरखामा एकै घरका तीन जना मृत भेटिए
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १० गते १०:४२
काठमाडौं । गोरखामा एकै घरका तीन जना मृत भेटिएका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक धामी तोराङमा एकै परिवारका तीन जनाको मुत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुका अनुसार, ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आईतकुमारी गुरुङ र नातीनि नाता पर्ने १३ वर्षीया उषा गुरुङ आज बिहान मृत भेटिएकोले बताए।
मृतक तिनै जनाको मुखबाट फिँज बगिरहेकाले विषालु च्याउ खाँदा मुत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। घरमा अन्य परिवारका सदस्य थिएनन्। गएराती खाना खाएर सुतेका उनीहरू आज बिहान मृत भेटिएको सुचना पाएपछि घटनास्थलमा प्रहरी जाँदै गरेकाले विस्तृत बिवरण आउन बाँकी रहेको एसपी सुरेन्द्र गुरुङले बताए । पोष्टमार्टमपछि मात्रै कारण खुल्ने जानकारी दिएका छन् ।