सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरुः मन्त्री भट्ट
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ९ गते १७:०९
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरु भएको बताएका छ ।
प्रेस सङ्गठन नेपालले अत्तरियामा गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम भइरहेको जानकारी दिए ।
९ अर्ब रुपैयाँको लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेलामा औद्योगिक क्षेत्र निर्माण गरिने उनले बताए ।उनले खानीको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने काम शुरु गरिएको पनि बताए ।
निर्माणाधिन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको मन्त्री भट्टले बताए ।