त्रिवेणी साना जलविधुत केन्द्रमा तालाबन्दी, विधुतका हाकिम पण्डित कार्यालय भित्रै थुनिए
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ९ गते १४:२१
काठमाडौं । बाजुरा जिल्लाको सदरमुकाम स्थित त्रिवेणी साना जलविधुत केन्द्र मार्तडीमा ओली निकट अनेरास्ववियूले तालाबन्दी गरेको छ । विधुत नियमित नभएको भन्दै ओली निकट अनेरास्ववियूले चर्काे नाराबाजी सहित आइतबार त्रिवेणी साना जलविधुत केन्द्रमा तालाबन्दी गरेका हुन् ।
लामो समय वितिसक्दा समेत विधुत केन्द्रले विधुत नियमित गर्न नसकेको, शुल्क मात्रै उठाउने गरेको जनगुमानासा बढेसँगै अनेरास्ववियूले तालाबन्दी गरेको जनाएको छ । विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना प्रहरी हवल्दार भित्रै थुनिएका छन् ।
कार्यालय भित्रै थुनिएपछि पण्डितले भावुक स्टाटस लेखेका छन्। उनले भनेका छन् । दुई घण्टा भयो म बन्दक छु, कानुन विपरित मानव शरिर बन्दक गर्न पाईन्छकि नाई भन्दै प्रश्न समेत गरेका छन् ।