बिहीबार, असोज २०, २०७९

ताजा तनादेशमा जानुको बिकल्प छैन- थापा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ९ गते १३:४२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले मुलुकमा अस्थिरता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष थापाले वैधानिक रुपमा सत्तारुढ दल विभाजनको अवस्थामा नपुगेका कारण प्रधानमन्त्रीले ६४ प्रतिशत हुँदाहुँदै विघटन गरेको हुँदा अब निर्वाचनमै जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले भने, अन्य पार्टीले सरकार बनाउन नसक्ने अवस्था हुँदा अब ताजा तनादेशमा जानुको बिकल्प छैन। थापाले प्रधानमन्त्रीलाई सरकार विघटन गर्ने अधिकार भएको हुँदा त्यहीँ नजिरका आधारमा विघटन भएको बताए।

आइतबार दमकमा मिडिया नेपालले गरेको पत्रकार भेटघाटमा उनले भने, ुसभामुखले राष्ट्रपति प्रधानमन्त्री मुद्दा हाल्ने, उपराष्ट्रपतिले राष्ट्र प्रमुखविरुद्ध बोल्ने, यसले कुन हिसाबको मर्यादामा पुगिन्छ भन्दै प्रश्न गरेका छन् । अध्यक्ष थापाले भने, प्रधानमन्त्री आफै चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नु भएको छ।

तपाइँको प्रतिक्रिया