कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले थाल्यो काम
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशिल सदस्यता छानविन थालेको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको ६ फागुनमा बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो। समितिका सदस्यहरूमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेका छन्।
समितिको शुक्रबार बसेको पहिलो बैठकले तोकिएको मितिभित्र प्रक्रिया पुर्याई क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन बाँकी रहेका जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई लिखित पत्राचार गर्ने निर्णय गरिसकेको छ। अब क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम ९लेबी० र गाउँपालिकारनगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपिसहित विवरण केन्द्रमा पठाउनुपर्नेछ।
क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धमा जिल्लामा हालसम्म भइरहेको कार्यप्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन समिति सदस्य ढुङ्गाना र परियारलाई प्रदेश १ र २, घिमिरे र पौडेललाई बागमती र गण्डकी प्रदेश तथा गुरुङ र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको छ।
यसैगरी समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा। प्रदीप पराजुली ९प्राविधिकतर्फ० र अधिवक्ता केशव रिजाल ९प्रशासन र निर्णय प्रक्रियातर्फ०लाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। कांग्रेस १३औँ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव रिजालले ११ फागुनमा बस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने बैठकको निर्णय छ।
कांग्रेसले सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची निर्वाचन समितिलाई बुझाउने अवधि आगामी २४ जेठसम्म तोकेको छ। कांग्रेसको सङ्गठनमा महत्त्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करीब पाँच लाख रहेको र आगामी अधिवेशनसम्ममा नयाँ र नवीकरण गरी १० लाख हाराहारी पुग्ने केन्द्रीय सदस्य जीवन परियारले बताए।
कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिन लागेको पार्टी कार्यालयले जनाएको छ। रासस