सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच वार्ताको तयारी
काठमाडौं । सरकार र झण्डै दुई वर्षदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताको तयारी शुरु भएको छ ।
विप्लव समूहसँग वार्ताका लागि सरकारले आन्तरिक तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको तयारी थाल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले वार्ताका लागि सम्पर्क सूत्रका रुपमा काम गरिरहेका छन् । हिजो मात्रै विप्लव समूहका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जानकारी दिएका थिए ।
मन्त्री थापाले १८ दिनअघि नख्खु जेलमा पुगेर उक्त पार्टीका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेट्नुभएको थियो । सरकारले यो पार्टीलाई आपराधिक समूह ठहर गर्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । हिजो विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री ओलीले विप्लव समूहसँग वार्ता सफल हुने बताएका थिए ।