शुक्रबार, जेठ २६, २०८०

दाहाल-नेपाल समूहले महिला हिंसा विरुद्ध आज देशभर प्रर्दशन गर्दै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ९ गते १०:३६

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सरकारको विरोधमा सडक संघर्षमा उत्रिएको सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले आज महिला हिंसा विरुद्ध देशव्यापी प्रदर्शन गर्दै छ ।

चौथो चरणको आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहमा आवद्ध विभिन्न भातृ संस्थाको नेतृत्वमा महिला हिंसा, हत्या एवं बलात्कारका विरुद्ध प्रदर्शन गर्न लागेको हो ।

आजको विरोध प्रदर्शनमा महिलाहरुको सहभागिता रहने नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ । महिला हिंसा र प्रतिगमनविरुद्ध आज देशब्यापी प्रदर्शन गर्न लागिएको नेतृ पम्फा भुषालले जानकारी दिए।

चौथो चरणको आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले ६ गते मानव सांङ्लोसहित टुँडिखेलमा प्रदर्शन गरिसकेको छ भने ७ गते सबै वडा कार्यालयमा प्रदर्शन गरेको थियो ।

भोलि दलित मोर्चाको तर्फबाट देशभर विरोधको कार्यक्रम गरिने नेकपा प्रचण्डनेपाल समूहले जनाएको छ ।

तपाइँको प्रतिक्रिया