बुधबार, मंसिर १३, २०८०

ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ९ गते १०:१२

काठमाडौं । पूर्वपश्चिमी राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा गए राति ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

उर्लाबारी–४ स्थित भद्रमारी सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।

इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक उद्वव पोखरेलका अनुसार पूर्वबाट आउँदै गरेको को ३१ प ५१ स्कुटरलाई विपरीत दिशाबाट आएको प्रदेश १–०१–००१क १०३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रको ठक्करबाट स्कुटरमा सवार उनीहरु सख्त घाइते भएकोमा उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुराउने बित्तिक चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया