सोमबार, चैत १३, २०७९

पूर्वप्रधानमन्त्री डा‍‍.भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ९ गते ९:४०

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई आजभारत जान लाग्नुभएको छ ।

नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ आज स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जान लाग्नुभएको हो ।

उनको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका डा. भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले त्यसको उपचारका लागि उनी आज दिल्ली जान लागेका हुन्् ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ नेपाली दूतावासमा हुने पनि बताइएको छ

तपाइँको प्रतिक्रिया