मंगलबार, मंसिर २०, २०७९

प्रधानमन्त्री ओली देशभर पञ्च भेला गर्दै हिँडिरहेका छन्- खनाल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते २०:०९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किनु भएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनी गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताएका हुन् । उनले आफू भारतमा रहँदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारेका छन् । ।

नेपाली जनता लोकतन्त्र र संविधान रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि बताए ।

भारतमा आफूले एपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए ।

तपाइँको प्रतिक्रिया