शुक्रबार, असोज २१, २०७९

निर्मला पन्तका हत्यारा कानूनको नजिक आइसके- गृहमन्त्री थापा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते १९:०५

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् ।

नेकपा ओली समूहले आज बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए ।

गृहमन्त्री थापाले  भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।

तपाइँको प्रतिक्रिया