ललितपुरबाट २० लाख रुपैयाँ नगद सहित २४ जुवाडे पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते ११:४१
काठमाडौं ।महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोटीस्थित एक जुवाखालबाट २० लाख रुपैयाँभन्दा बढी नगदसहित २४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा परिसरबाट खटिएको टोलीले शुक्रबार लव बस्नेत, कान्छा बस्नेत, प्रकाश बस्नेत, राजेश भण्डारी, विनोद गुरु, अनिल महर्जन, अजय महर्जनलगायत २४ जनालाई नियन्त्रणमा लिएको हो ।
जुवा खालबाट २० लाखभन्दा बढी रकम बरामद गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् । पक्राउ परेकाहरूमा ठेकेदार र नाम चलेका केही व्यापारी रहेको प्रहरीको भनाइ छ ।