बिहीबार, मंसिर १४, २०८०

लागूऔषध ब्राउन सुगर सहित चार पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते ११:३५

झापा । झापाबाट लागूऔषध ब्राउन सुगर सहित चार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १ का २१ वर्षीय विजय आलेमगर, सोही ठाउँका १८ वर्षीय देव आलेमगर, २१ वर्षीय मनोज तामाङ र भारत किसनगञ्ज घर भई हाल विर्तामोड-५ बस्ने २० वर्षीय अभिकुमार रहेका छन्।

शुक्रबार उनीहरूलाई झापाका दुई अलग स्थानबाट ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

सुरूमा विजयलाई प्रहरीले १५ ग्राम ब्राउनसुगरसहित अर्जुनधारा-११ बसपार्कबाट पक्राउ गरेको थियो।

उनको साथबाट लागुऔषध तौलने तराजुसमेत बरामद भएको थियो। उनकै सूचनाका आधारमा अर्जुनधारा बसपार्कबाट १ ग्राम लागुऔषधसहित अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

चारै जना ब्राउनसुगरका कारोबारी रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको छ।

तपाइँको प्रतिक्रिया