बिहीबार, जेठ १८, २०८०

खड्क प्रसादले संविधान र लोकतन्त्र विरुद्ध खड्क प्रहार गरे- डा. भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते ११:०१

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन् । प्रदेश नम्बर दुईका प्रदेश प्रमुख वर्खास्ती र नयाँ नियुक्तीको विषयलाई लिएर नेता भट्टराएले प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेका छन् ।

शनिबार ट्विट मार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र प्रति खड्क प्रहार गरेको प्रतिक्रिया जनाएका छन् । उनले भनेका छन्,खड्गप्रसादले संविधान,कानून,लोकतन्त्र विरूद्ध खड्गप्रहार गरिरहने अरू तमासे बनिरहने ? प्रतिनिधिसभा विघटन! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेशप्रमुख बर्खास्त, सचिव र कर्मचारीहरूको पजनी १ फाष्टट्र्याक,तल्लो अरूण झ्वाम! नभुलैौ-हिटलर लोभीरकायरकै कॉध चढेर आएको थियो ।

त्यस्तै प्रदेश नम्बर दुईका प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत विरोध जनाएको छ ।

तपाइँको प्रतिक्रिया