शनिबार, मंसिर २४, २०७९

नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते ९:११

काठमाडौं। सत्तारुढ नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । ओली नेतृत्वको नेकपाले विराटनगरमा प्रदेश एक स्तरीय सभा गर्न लागेको हो ।

विराटनगर महानगरपालिका २ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा हुने सभालाई प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा,सुवास नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभा अघि नगरका विभिन्न स्थानवाट र्‍याली निकाल्ने तयारी छ । प्रतिनिधिसभा विघटनको कारण र औचित्य पुष्टि गर्न सभा आयोजना गरिएको नेकपाले जनाएको छ । यसअघि नेकपाको ओली समूहले काठमाडौं, धनगढी, दाङ, चितवन, र बुटवलमा सभा गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया