सोमबार, चैत १३, २०७९

एपिएफले जित्यो राष्ट्रिय महिला लिगको उपाधि

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते ७:४९

काठमाडौं । शतप्रतिशत जितकासाथ लगातार १२ खेल जित्दै सशस्त्र प्रहरी बल एपिएफ सानदार शैलीमा राष्ट्रिय महिला लिगको उपाधि जित्न सफल । दशरथ रङ्गशालामा भएको अन्तिम खेलमा नेपाली सेनालाई तीन शुन्यले पराजित गर्दा‌ एपिएफले ३६ अंककासाथ उपाधिमाथि कब्जा जमाएको हो ।

नेपाली महिला फुटबलमा एकक्षत्र राज गर्दै आएको एपिएफको यो पटकको लिगको उपाधि यात्रा पनि सहज बन्यो ।‌ अन्तिम खेलमा एपिएफले नेपाली सेनालाई तीन शुन्यले हरायो। अन्तिम खेलमा सरू लिम्बुले दुई गोल गरिन् ।

४५ औ मिनेटमा सरूले गोलको खाता खोलिन् । पहिलो हाफमा एक शुन्यले अघि बढेको एपिएफले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ८६ औ मिनेटमा अनिता केसीले अग्रता दुगुना गरीन् । यसपछि इन्जुरी समयमा थप सरूले व्यक्तिगत दोस्रो गोल गरिन र एपिएफ तीन शुन्यको सहज जित सहित अपराजित रहदै च्याम्पियन बनेको हो ।

१२ खेलमा १२
जितकासाथ ३६ अंक सहित एपिएफ च्याम्पियन बन्दा दोस्रो स्थानमा रहेको नेपाली सेनालाई १० अकलेपछि पार्दै उपाधि जितेको हो । सेनाले भने २६ अंकसहित दोस्रो स्थानमा लिग पुरा गर्‍यो ।

तपाइँको प्रतिक्रिया