गौतमबुद्ध रङ्गशाला निर्माणका लागि ललितपुर महानगरद्वारा २० लाख सहयोग
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ८ गते ७:१७
काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सहयोग संबन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन । सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणका लागि उर्जा थपिएको बताए ।