प्रदेश २ को प्रदेश प्रमुख झा नियुक्त
फ्ल्यासन्युज नेपाल२०७७ फागुन ७ गते १६:०१
काठमाडौं । प्रदेश नम्बर २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।मन्त्रीपरिषदको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्टपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।
प्रदेश प्रमुख तिलक परियारलाइ पद मुक्त गरेर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएकाे हाे ।