बिहीबार, मंसिर १४, २०८०

पाँच जना एमिकस क्युरीको बहस सकियो,११ गतेका लागि पेशी तोकियो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ७ गते १४:४१

काठमाडौं । प्रतिनिधि सभा विघटन परेका १३ रिट र पाँच जना एमिकस क्युरीको बहस आजबाट सकिएको छ । पाँच जना एमिकस मध्ये शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्।

बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन दुबै पक्षका वकिललाई आदेश दिएको छ। यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गते यो मुद्दा हेर्दाहेर्दैमा हुने जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया